Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सतुंगलमा दुई मोटरसाइकल ठोक्किँदा युवकको ज्यान गयो

सतुंगलमा दुई मोटरसाइकल ठोक्किँदा युवकको ज्यान गयो

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। विपरीत दिशाबाट आएका दुई मोटरसाइकल आपसमा ठोक्किँदा २५ वर्षीय आयुष महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल चलाइरहेका स्थानीय महर्जन दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल एपीएफ अस्पताल बलम्बु लगिएको थियो, जहाँ उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा संलग्न बागमती प्रदेश ०२-०६१ प ३८३५ नम्बरको मोटरसाइकल चालक घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ। (रासस)