Shares
Shares
ललितपुर। दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचाले सँगै नेपालमा पहिलो पटक दृष्टिविहिन चेस प्रतियोगिता पभिलियन सम्पन्न भएको छ। राष्ट्रिय सहकारी महासंघ हरिहरभवनको सभाहलमा सञ्चालन भएको दुई दिने दृष्टिविहिन बुद्धिचाल प्रतियोगिता नेपाल त्रिवासा संस्था र पभिलियन चेस एकेडेमी को संयुक्त आयोजनामा सम्पन्न भएको हो। दृष्टिविहिन चेस प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल सानो ठिमीका सन्देश स्याङ्वोले उपाधि उचालेका छन्। उपाधि सँगै सन्देशले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्। यस्तै नमुना मछिन्द्र उच्च मा। वि। लगनखेलका निमेश महतो थारू दोश्रो स्थानमा रहँदै नगद रु ६ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरे। आदर्श सेकेण्डरी स्कुलका अजय बर्देवाले तृतीय स्थान प्राप्त गर्दै नगद रु ४ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन्।
यसैगरी सञ्जीवनी उच्च मा। वि। धुलिखेलका सहदेव के।सि। चौथो, आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका अजय नेपाल पाँचौं, पृथ्वीनारायण उच्च मा। वि।, तारकेश्वरका दिपेश उपाध्याय छैंटौं, अमन थारू ल्यावोटरी स्कूल, किर्तिपुरका अमन थारु सातौं स्थानमा रहेका छन्। स्पर्धामा पृथ्वीनारायण उच्च मा।वि। तारकेश्वरका खेलाडीहरु संयोग के।सी।, सुजित तामाङ्ग, सोफिक तामाङ क्रमशस् आठौँ देखि दशौ स्थान ओगट्न सफल भएको छन्। महिलातर्फ ल्यावोटरी स्कूल, किर्तिपुरका ऋतिका घिमिरे प्रथम बन्दै नगद रु ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। खेलमा आरोही सुवेदी द्वितीय बन्दै नगद रु ३ हजार, मेडल र प्रमाणपत्र पाइन् भने पृथ्वीनारायण उच्च मा। वि।, तारकेश्वरका कोपिला तामाङ तृतिय बन्दै नगद रु २ हजार, मेडल र प्रमाणपत्र पाउन सफल भएका छन् । यसैबिच एक समारोहमा प्रमुख अतिथि ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कृत गरेका छन् । समापन तथा पुरस्कार वितरण कार्यक्रममा मेयर चिरिबाबु महर्जनले नगद ३० हजार पुरस्कार हस्तान्तरण गर्दै प्रतियोगिताको प्रशंसा गरेका छन्।
मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिका आफ्नो योजना अनुसार सानो ठूलो परियोजनाहरु क्रमिक रूपमा सम्पन्न गर्दै अगाडि बढिरहेको जानकारी दिदै बुद्धिचाल खेलको धेरै अंश अनुशरण गरेको बताएका छन्। उनले महानगरपालिकाको सानो गल्ली देखि ठूला ठूला पुरातात्विक पोखरी पुनःनिर्माण कार्य मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारवाट सम्मान पाउन सफल भएको जिकिर गरे। ल्यावोटरी स्कूल९किर्तिपुर०, नमुना मछिन्द्र उच्च मा।वि।९लगनखेल०, सञ्जीवनी उच्च मा। वि।९धुलिखेल०, पृथ्वीनारायण उच्च मा। वि।९तारकेश्वर०, आदर्श सेकेण्डरी स्कुल ९सानो ठिमी० र अपाङ्ग सेवा संघ ९बुङ्ममति० का ५० जना दृष्टिविहिन खेलाडी सहभागिता रहेको थियो । दृष्टिविहिन विद्यार्थीलाई बुद्धिचालसँग सहजता प्रदान गर्नु यसको उद्देश्य रहेको छ। फरक क्षमता भएकाहरूका लागि मानसिक क्षमताको विकास गर्दै खेलमार्फत दैनिक जीवनमा आवश्यक निर्णय क्षमता र समस्या समाधान कौशल वृद्धि गराउनु यस प्रतियोगिताको लक्ष्य रहेको आयोजकहरू बताए। संचारकर्मी अनिता पुराकोटीको उद्घोषणले कार्यक्रमको थप आकर्षण बढाएको थियो१ बुद्धिचाल ९चेस० दृष्टिविहिन बालबालिकाका लागि स्मरण शक्ति, धैर्य, मानसिक स्थिरता र केन्द्रित सोच विकास गराउन अत्यन्त प्रभावकारी खेल हो। नेपाल त्रिविसा शिक्षा, सामाजिक सशक्तिकरण, सीप विकास तथा समावेशी विकासका कार्यक्रममार्फत सीमान्तकृत समुदायहरूको हितमा काम गर्दै आएको गैरनाफामूलक संस्था रहेको पोखरेल बताउनुहुन्छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209