काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबार दिउँसो भूकम्पको कम्पन महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंसिर २८ गते दिउँसो १२ बजेर ५४ मिनेटमा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पपछि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन।