Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा फेरि उछाल, तोलामा दुई हजारभन्दा बढी वृद्धि

सुनको मूल्यमा फेरि उछाल, तोलामा दुई हजारभन्दा बढी वृद्धि

काठमाडौँ । साताको सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य तोलामा तीन हजार ८२५ रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो भने चाँदीको मूल्य तीन हजार ९०५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ६२ डलरमा किनबेच भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।