काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङलाई जुन थालमा खायो त्यसैलाई छेद पारेको आरोप लगाएका छन् । शहरी विकास,ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका कुलमान घिसिङले जुन थालमा खाए, त्यही थालमा छेद हालेको टिप्पणी गरेका हुन् । शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा लोडसेडिङको अन्त्य आफू नेतृत्वको सरकारले गरेको दावी गर्दै अहिले गुन बिर्सेको बताएका छन् ।
‘कुलमानले गुन बिर्से, जुन थालमा खायो त्यसैमा छेद गरिरहेका छन्,’ उनले भने, ‘कुलमानको बुद्धि फिरोस ।’ उनले प्रधानमन्त्रीको हैसियतले आफूले टिपेर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको दावी गरे । ‘प्रचण्डले टिपेर ल्याएको हो कुरा बिर्से,’ उनले भनेका छन् ।