Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविले ८घण्टा बयान दिएको सम्झाउँदै कवीन्द्र बुर्लाकोटीले ओलीलाई लक्षित गदैँ बोलाउँदा नजाने भनेपछि...

रविले ८घण्टा बयान दिएको सम्झाउँदै कवीन्द्र बुर्लाकोटीले ओलीलाई लक्षित गदैँ बोलाउँदा नजाने भनेपछि...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जेनजी आन्दोलनमा रवि लामिछानेले  ८ घण्टा बयान दिएको स्मरण गराएका छन् । बुर्लाकोटीले कानुनको पालना गर्ने सवालमा दोहोरो मापदण्ड देखिएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै बुर्लाकोटीले जेन जी आन्दोलनको विषयमा सोधपुछका लागि छानबिन आयोगले बोलाउँदा आफ्ना पार्टी सभापति रवि लामिछानेले ८ घण्टा लामो बयान दिएर कानुनको सम्मान गरेको स्मरण गराए।

तर, सोही प्रकरणमा आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउँदा उनी जान अस्वीकार गरेको सन्दर्भतर्फ संकेत गर्दै बुर्लाकोटीले कानुन सबैलाई बराबर हुनुपर्नेमा जोड दिए। यद्यपि बुर्लाकोटीले ओलीको नाम भने उल्लेख गरेका थिएनन्।