काठमाडौँ । एमालेको महाधिवेशन उद्घाटन समारोहमा शेर बहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नजाने भएका छन् । एमालेले नेकपा,कांग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा बोलाएको थियो तर विभिन्न पार्टीका शिर्ष नेताहरु नै उद्घाटन समारोहमा नजाने भएका हुन् ।
प्रचण्ड माधव दुवै अहिले पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन्। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट नेता देव गुरुङले सम्बोधन गर्ने प्रचण्डका प्रमुख स्वकीय सचिवमा गोविन्द आचार्यले जानकारी दिएका छन् ।
यता रास्वपालाई पनि एमालेको महाधिवेशनमा सहभागी हुन् निम्तो आएपनि शिर्ष नेताहरु नजाने भएका छन् । (रास्वपा)बाट महामन्त्री कविन्द्र बुर्लाकोटी उपस्थित हुने भएका छन् ।