Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेन-जी आन्दोलनमा फरार कैदी ताप्लेजुङमा पुनः पक्राउ

जेन-जी आन्दोलनमा फरार कैदी ताप्लेजुङमा पुनः पक्राउ

काठमाडौँ । जेन–जी आन्दोलनको दौरान काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन्। मिक्वाखोला गाउँपालिका–१ खोक्लिङका ३४ वर्षीय प्रदीप लुङ्वा (शंकर लिम्बू)लाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार शंकरलाई बाटैबाट नियन्त्रणमा लिइयो। प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई अदालतबाट १० वर्ष कैद सजाय पाएका थिए।

शंकर लिम्बू सुन्धारास्थित केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेका बेला जेन–जी आन्दोलनको बेला फरार भएका थिए। उनलाई फुङलिङ नगरपालिका–५, वीरेन्द्रचोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।