काठमाडौँ । पाल्पा जिल्लाको निस्दी गाउँपालिका–४ चिउरीवासमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् र आठ जना घाइते भएका छन्।
लु.१ ज ३९०८ नम्बरको जिप निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए। मृतकमध्ये कसैको परिचय खुल्न बाँकी छ।
घाइते आठै जनालाई उद्धार गरी उपचारका लागि पूर्वी नवलपरासीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ। दुर्घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन।