काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा सहभागिताका लागि दर्ता भएका राजनीतिक दलहरुलाई आजै नाम फिर्ता गर्ने अन्तिम समय निर्धारण गरेको छ। आयोगले जारी गरेको सूचनाअनुसार दलहरूले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ता गर्न सक्नेछन्।
यस पटक १०० राजनीतिक दलले समानुपातिकतर्फका लागि आवेदन दिएका छन्। आयोगले ती आवेदनहरूको अध्ययन जारी रहेको र मंसिर २६ गतेभित्र स्वीकृत सूची सार्वजनिक गर्ने तयारी रहेको जानकारी प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले मंसिर २१–२३ गते दल दर्ता खुला गरेको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष र ११० सदस्य समानुपातिक प्रणालीबाट चयन गरिनेछ।