Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ बसपार्कमा यात्रुलाई झोला तानेर हैरान पार्ने ४६ जना एकैदिन पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई झोला तानेर हैरान पार्ने ४६ जना एकैदिन पक्राउ

काठमाडौँ । राजधानीको नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई झोला तानेर हैरान पार्ने समूह सक्रिय भएको गुनासो बढेपछि प्रहरीले कडा अभियान चलाउँदै एकैदिन ४६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले बुधबार साँझ गोंगबु क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पछिल्लो समय यात्रुको झोलामा हात हाल्ने, जोरजुलुम गर्ने र शंकास्पद गतिविधि बढेपछि यस्तो कदम चालेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार देशभरका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुलाई झोला तानेर दुःख दिने ट्याक्सी चालक, होटल सञ्चालक र कर्मचारीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार आज मात्र ४६ जना पक्राउ परेका छन्।
एसपी भट्टराईले प्रारम्भिक चरणमा चेतावनी दिएर छाडिएको भए पनि, कतिपयले गतिविधि दोहोर्‍याएपछि कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिए।

प्रहरीले यस्तो अभियानलाई निरन्तर जारी राख्ने जनाएको छ।