काठमाडौँ । रूपन्देही प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई बहुविवाहसम्बन्धी उजुरीका आधारमा पक्राउ गरेको छ। हाल पूर्वी नवलपरासीमा कार्यरत नेपाल बुटवलको वडा प्रहरी कार्यालयमा निरीक्षकका रूपमा सेवा दिँदै आएको अवधिमा दोस्रो विवाह गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार नेपालकी कानुनी श्रीमतीले दायर गरेको उजुरीपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएकै दिन मंगलबार उनलाई नियन्त्रणमा लिइएको हो। अदालतले तीन दिनको म्याद थप गरेपछि नेपाल हाल रूपन्देही प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको कार्कीले बताए।
प्रहरीले भनिएको ‘दोस्रो पत्नी’को खोजी पनि सुरु गरेको छ।