Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तरलता बढेपछि राष्ट्र बैंक आज ४० अर्ब रुपैयाँ बजारबाट तान्दै

तरलता बढेपछि राष्ट्र बैंक आज ४० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलता अत्यधिक बनेपछि नेपाल राष्ट्र बैंक आज पनि बजारबाट ठूलो परिमाणमा पैसा तान्दै छ। नियमित प्रक्रियाअनुसार बुधबार सञ्चालन हुने निक्षेप संकलनमार्फत राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ १८ दिनका लागि झिक्ने तयारी गरेको छ।

पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले आइतबार र बुधबार साप्ताहिक रूपमा बजारबाट रकम संकलन गर्दै आइरहेको छ। सुरुमा छोटो अवधिका लागि मात्रै पैसा तान्ने प्रचलन भए पनि हाल भने लामो अवधिका निक्षेप संकलन उपकरण प्रयोग गरिन थालिएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल बहुब्याजदर प्रणालीमा हुने छ, र अनलाइन मार्फत आज दिउँसो २ बजेसम्म प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यस्ता निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोकै रूपमा पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।