काठमाडौँ । काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ मोहन बहादुर बस्नेतको नाम सिफारिस गरेको छ ।आउदो फागुन २१ गते सरकारले निर्वाचन घोषणा गरेसगै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिएका छन् ।
यस अघि २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचनमा भाग लिएर बिजय बनेका थिए ।