काठमाडौँ । पितृशोकमा परेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की पुगेकी छन् । आज दिउँसो श्रेष्ठलाई भेट्न प्रधानमन्त्री कार्की कुपण्डोलस्थित निवास पुगेकी हुन् ।
श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको १६ मंसिरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री भएपछिको पहिलो भेट भएको हो ।