काठमाडौँ । तिब्बतियन ओरिजिनल ब्लड (टिओबी)का सदस्य तेन्जीन दावा लामालाई काठमाडौं जिल्ला अदालतले लिखत सम्बन्धी र लागुऔषधको दुईवटा कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले लिखत सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ र लागुऔषधको कसुरमा २० हजार रुपैयाँ धरौटी तोकेको छ।
जेनजी आन्दोलनपछि सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले तेन्जीनलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिएको थियो भने नागरिकता सम्बन्धी थप अनुसन्धान पनि अघि बढाइएको थियो।
अदालतले सरकारी वकिल कार्यालयको दर्ता गरिएको मुद्दा हेरेर थुनछेकसहित धरौटीमा रिहा गर्ने आदेश दिएको हो।