Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै छैन : एमाले उपाध्यक्ष शाक्य

ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै छैन : एमाले उपाध्यक्ष शाक्य

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलाहरूलाई सधैँ अपमान गरेको आरोप लागेको छ । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीले सधैँ महिलाहरुलाई अपमान गर्ने गरेको आरोप लगाएकी हुन् । एमालेको ११औँ महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित अन्तरसंवादमा शाक्यले ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि धामीझाँक्री भनेर अपमान गरेको शाक्यको भनाइ छ ।

प्रधानमन्त्री भइसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरू प्रयोग गरेको शाक्यको भनाइ छ । कुनै पनि नेतृत्वलाई महिलाहरूको अपमान गर्न नसुहाउने भए पनि ओलीलाई भने सुहाउने भन्दै शाक्यले व्यङ्ग्य गरिन् । ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । महिलाको अपमान गर्नेविरुद्ध सशक्त आवाज उठाउनुपर्ने उनको भनाइ छ ।