काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको नाम कैलाली–५ बाट उम्मेदवारी सिफारिसमा परेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देउवाको नाम कैलाली–५ बाट सिफारिसमा परेको हो ।
नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केन्द्रीय सदस्य राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय कार्यसमितिले पूर्वमन्त्री राणासँगै डिल्लीराज पन्त, नरनारायण शाह ‘मनु’ र नृपबहादुर ओडको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप पाठकले बताएका छन् ।