Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दैलेखमा छोरीको कुटपिटबाट ६५ वर्षीय बुबाको मृत्यु

दैलेखमा छोरीको कुटपिटबाट ६५ वर्षीय बुबाको मृत्यु

काठमाडौँ । दैलेखको नौमुले गाउँपालिका–५ गजमालीमा छोरीले कुटपिट गर्दा ६५ वर्षीय धनबहादुर रामजाली मगरको मृत्यु भएको छ। सोमबार मदिरा सेवनपछि भएको विवादका क्रममा कुटपिट खाइ गम्भीर घाइते भएका धनबहादुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवाहविच्छेद भई माइतीमा बस्दै आएकी २७ वर्षीया तिर्सना रामजाली मगरले मदिराको नशामा काठको चिरपट प्रहार गर्दा धनबहादुर गम्भीर रूपमा घाइते भएका थिए। घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र नौमुले पुर्याए पनि साँझ उपचारकै क्रममा उनको ज्यान गएको हो।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ। घटनामा संलग्न तिर्सनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख गणेश बरालले जानकारी दिए।