Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भ्रष्टाचारविरुद्ध अडिग सरकार: प्रधानमन्त्री कार्कीको कडा घोषणा

भ्रष्टाचारविरुद्ध अडिग सरकार: प्रधानमन्त्री कार्कीको कडा घोषणा

काठमाडौँ । भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले कडा सन्देश जारी गर्दै सरकारले भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि नबचाइने स्पष्ट गरेकी छिन्। जेनजी आन्दोलनको माग र जनअपेक्षाले आफू नेतृत्व गरेको सरकार सुशासनका एजेन्डामा तीव्र गतिमा अघि बढिरहेको उनले बताइन्।

प्रधानमन्त्री कार्कीका अनुसार जेनजी आन्दोलनले उठाएका मुद्दा पूरा गर्न समय लागे पनि भ्रष्टाचारविरुद्ध आवश्यक सबै कठोर कदम चाल्न सरकार तयार छ। राज्यका संयन्त्रहरू सक्रिय भइसकिएको उल्लेख गर्दै उनले चेतावनी दिइन्—‘यस दिशामा अड्काउ ल्याउन खोज्ने तत्वबाट नडराइ हामी अघि बढ्छौँ।’

उनले भ्रष्टाचार नियन्त्रण कुनै एक निकायको जिम्मेवारी मात्र नभई प्रत्येक सरकारी कार्यालयका प्रमुख आफैं उत्तरदायी हुने बताएँ। धम्की–चेतावनीबाट नअत्तालिन आग्रह गर्दै उनले पदाधिकारी र राष्ट्रसेवकहरूलाई व्यावसायिक स्वतन्त्रताका साथ निडर रूपमा काम गर्न आह्वान गरिन्।

भ्रष्टाचारविरुद्ध युवाबाट देखिएको जागरण र सडकको आक्रोशले सरकारलाई अझ जिम्मेवार बनाएको प्रधानमन्त्रीको भनाइ छ। अनावश्यक ढिलासुस्ती, अनुचित लाभ र राज्यको क्षतिमा पुग्ने काम कुनै पनि बहानामा स्वीकार्य नहुने उनले जोड दिइन्।

प्रधानमन्त्रीले तीन तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार क्षेत्र र सर्वसाधारण सबैको सहकार्य बिना भ्रष्टाचार उन्मूलन सम्भव नभएको उल्लेख गर्दै सुशासनका दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको बताइन्।