Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेनजी आन्दोलन छानबिन : सशस्त्र प्रहरी आईजीपी अर्यालको बयान सुरु

जेनजी आन्दोलन छानबिन : सशस्त्र प्रहरी आईजीपी अर्यालको बयान सुरु

काठमाडौँ । जेनजी आन्दोलनका घटनाबारे बनेको छानबिन आयोगले सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालको बयान लिएको छ। आयोगले मंगलबार पत्राचार गर्दै उनलाई उपस्थित हुन आग्रह गरेको थियो, जसअनुसार अर्याल सिंहदरबारस्थित आयोग कार्यालयमा पुगेका हुन्।

यसअघिका चरणमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआईजीहरूको बयान सकिएको आयोगले बताएको छ। अर्यालसँगको बयानपछि छिट्टै नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई बोलाउने तयारी आयोगले गरेको छ। भदौ २३ गते आन्दोलनको पहिलो दिन ठूलो जनहानि भएपछि, २४ गते बिहान कार्कीलाई रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा खटाइएको थियो।

आयोग पहिले नै दुवै निकायका फिल्ड कमाण्डरहरूको बयान सकाइसकेको छ। आगामी चरणमा गृहसचिव, त्यसपछि पूर्व गृहमन्त्री रमेश लेखक र अन्त्यमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाइने आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन्।

ओली भने सार्वजनिक रूपमा आयोगमा नजाने भनिसकेका छन्। आयोगले ओली र लेखकसहित संबंधित व्यक्तिहरूलाई विदेश जान तथा उपत्यका छाड्न प्रतिबन्ध पनि लागु गरेको छ।