काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता तथा ११औँ महाधिवेशनका अध्यक्ष प्रत्यासी ईश्वर पोखरेलले आगामी महाधिवेशनमा प्रस्तुत गरिनुपर्ने अवधारणा–पत्र पार्टीमा आधिकारिक रूपमा बुझाएका छन्। सोमबार आफ्नो समूहका नेताहरूसहित च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका पोखरेलले दस्तावेज महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन्, जसलाई अध्यक्ष केपी शर्मा ओलीसम्म पुर्याइनेछ।
मंसिर २७–२९ गते हुने महाधिवेशनलाई लक्षित गर्दै तयार गरिएको उक्त पत्रमा देशको वर्तमान राजनीतिक अस्थिरता, संविधानमाथि देखा परेका चुनौती, बदलिँदो अन्तर्राष्ट्रिय शक्ति–सन्तुलन र नेपाली समाजमा रहेको संरचनागत संकटबारे विस्तृत मूल्यांकन गरिएको छ।
अवधारणा–पत्रको प्रारम्भमा पोखरेलले कम्युनिस्ट आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हालको सत्ता परिवर्तनलाई ‘जबर्जस्ती गरिएको कदम’का रूपमा व्याख्या गरेका छन्। भदौ २४ पछि संविधानसम्मत रूपमा गठन भएको सरकार ‘जबर्जस्ती विस्थापित’ गरिएकै कारण आजको राजनीतिक रिक्तता सिर्जना भएको उनको दाबी छ।
उनका अनुसार यही ‘विशिष्ट राजनीतिक परिस्थिति’ ले यसपटकको महाधिवेशनलाई असामान्यरूपमा महत्वपूर्ण बनाएको छ।
यस्तो छ अवधारणापत्र :