Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई सबै पार्टीहरु मिलेर मुर्गा बनाएको अभियन्ता तामाङको टिप्पणी

रवि लामिछानेलाई सबै पार्टीहरु मिलेर मुर्गा बनाएको अभियन्ता तामाङको टिप्पणी

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सबै पार्टीहरु मिलेर मुर्गा बनाएको बताएकी छिन् । तामाङले जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै लामिछानेलाई सबैजनाले मुर्गा बनाए जस्तो लागेको टिप्पणी गरेकी हुन् ।

‘सबै पार्टीहरु मिलेर रवि दाईलाई मुर्गा बनाए कि जस्तो लाग्छ मलाई चाहिँ । सबै जनाले त्यस्तो गरेको जस्तो लाग्छ,’– उनले भनिन् । केपी शर्मा ओली नेतृत्वको सरकारले लामिछानेलाई प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ ।

सहकारीको रकम अपचलनको आरोपमा लामिछाने नख्खु कारागारमा रहेका छन् । पछिल्लो समयमा लामिछानेलाई नख्खु कारागारमा भेट्न जानेको लर्को लाग्ने गरेको छ ।