Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अख्तियारले ठूलो भ्रष्टाचारको फाइल खोल्यो,पाँच पूर्वमन्त्री विरुद्ध मुद्दा चलाउँने तयारी

अख्तियारले ठूलो भ्रष्टाचारको फाइल खोल्यो,पाँच पूर्वमन्त्री विरुद्ध मुद्दा चलाउँने तयारी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो भ्रष्टाचारको फाइल खोलेको छ । आयोगले  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धीको फाइल खोलेको हो ।

अख्तियारले फाइल खोल्दै मुद्दा दायर गर्ने निर्णय गरेको छ । यतिबेला विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको अख्तियारले जानकारी दिएको छ । अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

अख्तियारले ८ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै मुद्दा विशेष अदालत पुर्‍याएको हो । तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।