Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्की बीच भेट

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्की बीच भेट

काठमाडौँ । सिंहदरबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्की बीच भेट भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो ।

जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग पनि भेट गरेकी हुन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच त्यसयता पहिलो पटक भेटवार्ता भएको हो ।