काठमाडौँ । मधेस प्रदेशमा राजनीतिक समायोजन तीव्र बन्दै गएसँगै मुख्यमन्त्री कृष्ण यादवले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। तीन फरक दल—नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जनालाई समावेश गर्दै उनले सरकारलाई थप मजबुत बनाउने संकेत दिएका छन्।
जनमत पार्टीका महेश यादवलाई अर्थ मन्त्रालय जिम्मा दिइएको छ भने कांग्रेसका जंगीलाल राय र एकीकृत समाजवादीका कनिष पटेललाई विना विभागीय मन्त्रीका रूपमा राखिएको छ।
नवनियुक्त तीनै मन्त्रीले आजै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष शपथ ग्रहण गरेपछि नयाँ टोलीले औपचारिक जिम्मेवारी सम्हालेका छन्।