Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा सभापति लामिछानेलाई फसाइएको राप्रपा प्रवक्ता शाहीको दाबी,नख्खुमा निरन्तर भेट

रास्वपा सभापति लामिछानेलाई फसाइएको राप्रपा प्रवक्ता शाहीको दाबी,नख्खुमा निरन्तर भेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निरन्तर रुपमा भेट्दै आएका ज्ञानेन्द्र शाहीले लामिछानेलाई फसाइएको दाबी गरेका छन् । राप्रपाका प्रवक्ता समेत रहेका शाहीले जेनजी आन्दोलनपछि नै कारागारमा गएर दुई पटक लामिछानेलाई भेटेको जानकारी दिए। जेन जी आन्दोलनको ५–६ दिनपछि पहिलो चोटि भेटेर २–३ घण्टा कुराकानी गरेको र एक हप्ता अगाडि फेरि भेटेँको उनले जानकारी दिएका हुन् ।

रवि लामिछानेलाई तत्कालीन ओली नेतृत्वको सरकारले प्रतिशोध साँधेको बताए। रविसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको त्यही आधारमा भेटेको उनको भनाइ छ । विगतको सरकारले रविप्रति राजनीतिक पूर्वाग्रह साँधेको भन्दै उनले अहिलेको सरकारले न्याय दिनुपर्ने माग पनि गदैँ आएका छन् । फरक पार्टीको भएपनि शाहीले लामिछानेको पक्षमा बोल्दै आइरहेका हुन् ।

यतिबेला रवि लामिछाने सहकारीको रकम अपचलनको आरोपमा नख्खु कारागारमा रहेका छन् । पछिल्लो समयमा उनलाई भेट्न जान विभिन्न पार्टीका नेताहरुको लर्को नै लाग्ने गरेको छ । शाहीले लामिछाने आत्मविश्वासी नै रहेको जानकारी समेत दिएका छन् । शाहीले लामिछाने दोषी–निर्दोषी अदालतले फैसला गर्ने बताउँदै अहिले थुनेर नै अनुसन्धान गर्नुपर्ने आवश्यकता नरहेको पनि जनाएका हुन् ।