Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली–देउवा बिच महाराजगञ्जमा भेटवार्ता

ओली–देउवा बिच महाराजगञ्जमा भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार, भेटवार्ता साढे ३ बजे सुरु हुने तय भएको थियो र हाल उनीहरूबीच वार्ता भइरहेको छ।

भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि यो पहिलो भेटवार्ता हो। त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी रहेको थियो। जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमअनुसार भदौ २४ गते ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

भेटवार्तामा आगामी माघ ११ को राष्ट्रिय सभा निर्वाचन र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनसम्बन्धी विषय तथा समसामयिक राजनीतिक घटनाक्रममा छलफल हुने बताइएको छ।

याद गर्नु पर्ने कुरा, भदौ २४ गते बूढानीलकण्ठस्थित देउवामाथि आक्रमण भएको थियो, र उनले त्यसपछिको उपचार सिंगापुरमा गराएर स्वदेश फर्किएका थिए।