Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आइजीपी दानबहादुर भोटे दमाइ भेट्ने बित्तिकै रोए,पुगे गाउँ

आइजीपी दानबहादुर भोटे दमाइ भेट्ने बित्तिकै रोए,पुगे गाउँ

काठमाडाैं । आइजीपी दान बहादुर कार्की सुरुमा गाउँ छाडेर काठमाडौं जाँदै गर्दा फाटेको झोला सिलाई दिएर आशीर्वाद दिदै पठाएका छिमेकी भोटे दमाई दाईको घरमा पुगेर आफ्नो पदोन्नतिको खुशीमा उनलाई मिठाई खुवाएर खुसि साटेका छन ।

उनै भेटे दाईको हातको टिका लगाउदा दशैमा  लगाए जस्तो लाग्यो भन्दै आइजीपी कार्कीले  आँशु  झारे । उनी केहि छिन भाबुक बनेका थिए । भेटे दाई कार्कीका बुबाका दौतरि थिए । बाबुको दौँतरी सायद बाबुको हातको टिका लगाए  जस्तो ठानेर होला आइजिपि कार्किले गहभरि आशु झार्दै टिका ग्रहण गरेका हुन ।

भोटे दमाईले सिलाएको झोला बोकेर बेलैमा काठमाडौं छिरेकाले यहाँसम्मको यात्रामा कहिँ कतै उनको योगदान रहेको कार्की बताउँछन्  । भोटे दमाईले सिलाएको झोला बोकर काठमाडौं छिरेका उनको सफलताले धेरैलाई प्रेरित गरेको छ ।

कक्षा ९ मा पढ्दै गर्दा  शहर गएर पढ्नुपर्ने हुटहुटी दानबहादुरलाई थियो । तर परिवार भने उनलाई गाउँमै पढाउन खोजेका थिए । घरबाट उनलाई शहर आउन अनुमती नदिए पछि  एउटा च्यातिएको झोला लिएर भोटे दमाईकोमा गए र, च्यातिएको झोला टाल्न लगाएका थिए ।  भोटे दमाईले झोला सिलाई दिए । त्यही भोटे दमाईले सिलाईदिएको झोला बोकेर उनी काठमाडौं छिरे । कक्षा ९ र १० ललितपुर माविबाट पास गरे । बेलैमा काठमाडौं छिरिसकाले पढाई संगै उनी अन्य कुरामा पनि अब्बल हुदै गए ।

 देश र जनताका लागि अहोरात्र खटिने प्रहरीको सूचीमा आउने एउटा नाम हो दान बहादुर कार्की । नेपाल सरकारको सेवामा काम गर्नुपर्छ भन्ने मान्यता भएको समाजबाट आएकाले पहिलो जागिर नै नेपाल प्रहरीबाट सुरु गरे । सानैदेखि अग्रजहरूको घरमा गएर पढ्ने र कसरी लोकसेवा तयारी गर्ने विषयमा ध्यान केन्द्रित गर्थे उनी । त्यस बेलामा उनका शिक्षकहरूले पनि सरकारी तहमा नै काम गर्नुपर्छ भनेर मार्गनिर्देश गर्ने गर्थे ।

 बाल्यकालमा सरकारी जागिरे बनेर कूटनीतिक सेवातर्फ सेवा गर्ने योजना उनको थियो । तर, कूटनीतिक सेवाभन्दा अघि प्रहरीको परीक्षा खुलेकाले त्यतैतर्फ मोडिएका थिए । उनी नेपाल प्रहरीमा २०५४ चैत १८ मा नियुक्त भएका थिए । प्रहरी निरीक्षककारुपमा सङ्गठनमा भर्ना भएका कार्कीको सुरुवाती तलब मासिक चार हजार रुपैयाँ थियो । लोकसेवाको परीक्षा दिएर प्रहरी बन्ने पहिलो ब्याज नै उनी हुन् । उनले मानविकी तथा समाजशास्त्रमा स्नातक, शिक्षाशास्त्रमा स्नातक, कानून संकायमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तकर गरेका छन् ।