Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै

मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज (शुक्रबार) सकिँदै छ । साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गरिसक्नुपर्नेछ । 

ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । 

दाबी प्रस्तुत गर्नुअघि एमालेबाहेकको सात दलीय गठबन्धन छलफलमा जुटेको छ । सात दलीय गठबन्धनका नेता आन्तरिक छलफलमा जुटेका छन् ।