काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङ नखु कारागार पुगेर रवि लामिछानेसँग एकता सम्बन्धी छलफल सुरु गरेका छन्। गुरुङ आफ्नै टोलीसहित भेट्न पुगेका हुन्।
उनका अनुसार जेनजी पक्ष र रवि लामिछानेबीच सम्भावित राजनीतिक सहकार्य, आगामी कदम, र संगठनबीचको समन्वयबारे खुला रूपमा वार्ता गर्न आफूहरू कारागार पुगेका हुन्। भेटघाटका क्रममा दुबै पक्षले वर्तमान राजनीतिक परिस्थितिबारे समेत चर्चा गरेको बताइएको छ।