Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सायलमा जन्ती बोकेर जाँदै गरेको बोलेरो ६० मिटर तल खस्यो, सबै सकुशल

सायलमा जन्ती बोकेर जाँदै गरेको बोलेरो ६० मिटर तल खस्यो, सबै सकुशल

काठमाडौँ । डोटीको सायल गाउँपालिका–२ मा आज बिहान जन्ती लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको बोलेरो जिप (प्रदेश ०१–००१च ४२५०) खालिखोला नजिक दुर्घटनाग्रस्त भएको छ।

करिब १० बजे सडकबाट करीब ६० मिटर तल खसेको जिपका सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला प्रहरि कार्यालय डोटीका प्रहरी निरीक्षक नबराज रावलका अनुसार जिपमा सवार सबै यात्रु सकुशल रहेको बताए ।