काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले चुनाव लड्ने भए मन्त्री कुलमान घिसिङले राजीनामा दिनुपर्ने बताएका छन् । घिसिङले मन्त्री रहेर चुनाव लड्छु भन्नु नै गैरजिम्मेवार कुरा रहको रावलले टिप्पणी गरेका हुन् । एक अन्तरवार्ताका क्रममा उनले अन्तरिम सरकारमा रहेका कुनै पनि व्यक्ति चुनावमा जाने भए तत्काल पद छोड्नु पर्ने उनको भनाई छ ।
अन्तरिम सरकारका मन्त्रीहरूले पदमै रहेर दल खोल्ने र चुनाव लड्ने चर्चा चलेकोमा रावलले कडा आपत्ति जनाएका छन् । निष्पक्ष रहनुपर्ने अन्तरिम सरकारका मन्त्रीहरू दल खोलेर चुनावमा होमिनु जेनजी शहीदहरूको अपमान भएको उनको टिप्पणी छ ।
अन्तरिम सरकारमा विभिन्न मन्त्रालय सम्हालिरहेका घिसिङले आफ्नो छुट्टै पार्टी गठन गरेका छन् । चुनावको मुखमा मात्रै पार्टीमा क्रियाशील हुने भनिएका कुलमान त्यसअघि नै पार्टीमा आधिकारिक रूपमा खुल्न लागेका हुन्। कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ ।