Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चार महिनापछि बल्ल सुरु भयो तनहुँको सडक मर्मत, सवारी एकतर्फी सञ्चालन

चार महिनापछि बल्ल सुरु भयो तनहुँको सडक मर्मत, सवारी एकतर्फी सञ्चालन

काठमाडौँ । करिब चार महिनादेखि बन्द रहेको पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिकको सडकको मर्मत आजदेखि सुरु भएको छ । । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भासिएको थियो । 

करिब एक सय मिटर भासिएको सडकको कारण त्यस क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । भासिएको ठाउँमा कालोपत्र उक्काएर मर्मत गर्न थालिएको हो । 

पूर्वी खण्डको ४१.५ किलोमिटर सडकलाई विसं २०७८ देखि चार लेनमा सुधार गर्ने काम सुरु भएको थियो। ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको यस आयोजनामा ८ अर्ब २१ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ। सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गरिएको हो।