Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मकवानपुरमा ठूलो परिमाणमा गाँजा सहित दुई जना पक्राउ

मकवानपुरमा ठूलो परिमाणमा गाँजा सहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले गाँजा तस्करीमा प्रयोग भइरहेको कार र ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भिमफेदी–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुरगढी–१ का ३८ वर्षीय कुमार स्याङ्तान रहेका छन्।

सोमबार दिउँसो पटेर्वासुगौली–२ रंगपुरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारभित्र लुकाइराखिएका १० वटा पोकामा १४ किलो गाँजा बरामद भएको छ।

भिम स्याङ्तान कार चलाइरहेका थिए। उनीहरूलाई कार र गाँजासहित नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवैविरुद्ध लागुऔषधसम्बन्धी अनुसन्धान अघि बढाइँदैछ।