काठमाडौँ । मार्तडीस्थित सौगात जनरल स्टोर एन्ड अर्डर सप्लायर्समा मंगलबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब १२:२० बजेतिर बिजुलीको तार सर्ट हुँदा आगो लागेको हो।
स्टोरमा फर्निचर, प्लाइउड, सिसा र मोटरपार्टस जस्ता सामग्री राखिएका थिए।
बाजुरा सदरमुकामा दमकल नहुँदा करिब एक घण्टासम्म आगो नियन्त्रणमा आउन सकेन। स्थानीयवासी र सुरक्षाकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेका छन्।