सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका ब्यक्ति हुन गितेन्द्रबाबु अर्थात जीबी राई । जो गोर्खा मिडियाका अध्यक्ष समेत थिए । र सोही मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशी अहिले थुनामा ।
तर मेन नाईके भने कुनै कारबाहीको दायरामा आएका छैनन , नत उनलाई ल्याउन कुनै सरकारले नै सके । सहकारीको २ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा इन्टरपोलमार्फत् रेड नोटिस जारी गर्दा पनि जीबीलाई कारवाहीको दायरामा ल्याउन किन नसकिएको हो त ? भन्ने प्रश्नले सबैलाई घेरिरह्यो ,तत्कालीन ओली सरकारमाथि पनि बिभिन्न आरोपहरु लाग्दै नै आयो । यता रबिलाई भने राजनितिक प्रतिशोध साधिरहेन ,आफना पार्टीका नेतालाई एउटै प्रकृतिको मुद्दामा न्याय दिने तर रविलाई भने जेलमै राखिरहेको भन्दै ओली सरकारमाथि पनि धेरै खनिए । तत्कालीन गृहमन्त्री रमेश लेखक माथी पनि जिबीलाई पक्राउ गर्न नसक्ने भन्दै प्रश्न र चुनौती थपिरहेका थिए । गृहमन्त्री नबन्दा सम्म लेखकले जीबी राई कहाँ छन् भनेर खरो प्रश्न सोध्थे , उनले जीबी राई पक्राउ गर्न किन सकेनन् ? भन्थे तर जब आफु गृहमन्त्री भएर सरकारमा पुगे कुनै माखो मार्न पनि सकेनन , जिबीको कुनै अवस्था र पक्राउबारे काम गर्न सकेनन । उल्टो आफुमाथि भिसिट भिसा प्रकरणले घेरिरह्यो ।
यसैसन्दर्भमा तर भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि सत्ता परिवर्तन भएसँगै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारप्रति केही आशा जागेको छ । प्रधानमन्त्री कार्कीले छलफल कार्यक्रममा सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताएकी थिइन् । हाल देशभरका पीडितहरू न्याय र आफ्नो बचत फिर्ता पाउने आशामा प्रतीक्षारत छन्, तर सरकारले अझै सहकारी ठगीका फाइलहरू खोलेको छैन । सहकारी ठगी घटनामध्ये सबैभन्दा चर्चित नाम भएका व्यक्ति हुन्–गितेन्द्रबाबु अर्थात् जिबी राई ।कयौँ सहकारीबाट अरबौँ ठगी मात्रै होइन, नेपालमा सहकारी घोटालाको हङ्गामा नै मच्चाउने जिबी राई पक्राउका लागि कुनै कदम चालेको छैन । जिबी ती व्यक्ति हुन्, जसमाथि सूर्य दर्शनलगायतका सहकारीको अरर्बौं रकम हिनामिना गरेको गम्भीर आरोप लागेको छ । सहकारी बचतकर्ताहरूले आफ्नो करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै ठगी मुद्दामा उजुरी दिएपछि सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हाल फरार सूचीमा छन् ।
बचतकर्ताको उजुरीपछि प्रहरीले २४ भदौ २०८१ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यति बेला उनलाई पक्राउ गर्न ‘रेड नोटिस’ समेत जारी भइसकेको थियो । तर, उनी हालसम्म पनि पक्राउ पर्न सकेका छैनन् ।
उनीमाथि सूर्य दर्शन सहकारीको मात्रै करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको गम्भीर आरोप लागेको भए पनि राजनीतिक संरक्षणकै कारण उनलाई पक्राउ नगरिएको आशङ्का जनस्तरबाटै व्यापक उठिरहेको छ । डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा ‘लोकेट’ भइसकेका छन् । उनले सहकारीको रकमले मलेसियाको २०१९ मै अपार्टमेन्ट खरिद गरेको खुलेको छ । राईले मलेसियाका प्रहरीलाई समेत प्रभावमा पारेको आशङ्का गरिएको छ । अहिलेको कार्की सरकार प्रति पनि प्रश्न उठ्न थालेको छ ।