Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भन्सार-राजस्व निकायको कमजोरीले तस्करी नियन्त्रणमा बाधा, एपीएफको कडा चासो

भन्सार-राजस्व निकायको कमजोरीले तस्करी नियन्त्रणमा बाधा, एपीएफको कडा चासो

काठमाडौँ । विराटनगर भन्सार जाँचपास र इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको कमजोर कार्यशैलीका कारण सीमामा तस्करी रोकथाम चुनौतीपूर्ण बन्दै गएको भन्दै सशस्त्र प्रहरी बलले औपचारिक रूपमा चासो व्यक्त गरेको छ।

एपीएफका अनुसार उनीहरूले भन्सार छली रोक्न ठूलो संख्यामा जनशक्ति परिचालन गरे पनि बरामद गरिएका सामान अत्यन्त न्यून धरौटीमा छोडिने, फितलो अनुसन्धान हुने र केही कर्मचारी तस्करसँग मिलेमतोमा संलग्न देखिने जस्ता समस्याले कार्य प्रभावकारिता घटेको छ।

बराह बाहिनीले यस विषयमा प्रधान कार्यालयलाई पत्र पठाउँदै भन्सार एजेन्टसमेत अवैध भित्र्याउन सहयोगी हुने प्रमाण भेटिए पनि ठोस कारबाही हुन नसकेको उल्लेख गरेको थियो।

समस्या गम्भीर बन्दै गएपछि प्रधान कार्यालयको निर्देशनमा एसएसपी दिगबिजय सुबेदीले विराटनगर भन्सार प्रमुख र राजस्व अनुसन्धान प्रमुखसँग भेटेर समन्वय बढाउने पहल गरेका छन्। सुबेदीले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग पनि राजस्व चुहावट नियन्त्रणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।