काठमाडाैं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। शेरचनलाई नियन्त्रणमा लिएको जानकारी सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले पुष्टि गरेका छन्।
उक्त कदमका कारणबारे विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। तर, अधिकारीहरूले आवश्यक अनुसन्धानको प्रक्रियाअनुसार शेरचनलाई पक्राउ गरिएको बताइएकाे छ। सीआईबीले घटनासम्बन्धी थप जानकारी छिट्टै सार्वजनिक गर्ने संकेत गरेको छ।