काठामाडाैं । आज दिउँसो सैपाल हिमाल नजिकै ४.४ रेक्टरस्केलको भूकम्प अनुभव गरिएको छ। सुर्खेतको भूकम्प मापन केन्द्रका अनुसार कम्पनको प्रभाव बझाङसँगै बाजुरामा पनि स्पष्ट महसुस गरिएको थियो।
अचानक आएको धक्कापछि सुदूरपश्चिमका पहाडी बस्तीहरूमा त्रास फैलिएको छ। भूकम्पीय जोखिम उच्च रहने क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई जिल्ला प्रशासन कार्यालय बाजुराले विशेष सतर्क रहन अनुरोध गरेको छ।
प्रशासनले प्राकृतिक विपद् पूर्वसूचना बिना आउने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।