Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधि निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन

प्रतिनिधि निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन

काठमाडौँ - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मका लागि तोकेको थियो। यो अवधिमा दल दर्ताको चाप बढेको भन्दै आजसम्मका लागि म्याद थप गरेको थियो। 

हाल आयोगमा १३७ दल दर्ता भएकामा नयाँ दल दर्ताको समय निवेदन प्राप्त भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए। आयोगले नयाँ दल दर्ताका लागि कात्तिक महिनाभरको समय दिएको थियो। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म १ सय ६ वटा दल दर्ता भएका थिए । 

बाँकी दलले त्यसयता दर्ता गरेका छन्। आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भने १३ वटा दल मात्र दर्ता भएका छन्। राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई मंसिर १ देखि ७ गतेसम्म दर्ताका लागि समय दिइएको थियो। आगामी राष्ट्रियसभा निर्वाचनमा १८ सदस्यका लागि मतदान हुनेछ ।