काठमाडौँ । पूर्वसांसद गंगा थारु आफ्नै कुटिएकी छन्। बाटो सिमाना सम्वन्धि विवादको क्रममा उनी आफ्नै गाउँमा कुटिएकी हुन् भने गाउँका महिलाले कुटपिट गरेको बताइएको छ।
राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथी जाईलागेपछी पूर्व सांसद थारुमाथी अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको बताइएको छ ।
आफूमाथी कुटपिट तथा हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्धा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छिन्। घुँडामा चोट लागेको र मंगलसुत्र लुटिएको उनले दावि गरिन।