Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा र विवेकशील मिलेसँगै सोबिता गौतम खुसी,बहुमत ल्याउँने विश्वास

रास्वपा र विवेकशील मिलेसँगै सोबिता गौतम खुसी,बहुमत ल्याउँने विश्वास

काठमाडौँ । रास्वपा नेतृ सोबिता गौतमले विवेकशील साझा पार्टी सँग एकता भएसँगै खुसी व्यक्त गरेकी छिन् । गौतमले विवेकशील साझा पार्टी सँग भएको एकताले रास्वपालाई मुलधारको शक्तिमा उभ्याउने विश्वास पनि व्यक्त गरेकी हुन् । जेन जी पुस्ताले मागेको परिवर्तनलाई आफुले सम्मान गर्ने बताउँदै अबको राजनीति आरोप–प्रत्यारोपमा अल्झिन नहुने पनि बताएकी छिन् । हिजो २१ सांसदले स्थापित गरेको संसदिय मानकलाई अब बहुमतको शक्तिले देशको नियती बनाउने समय आएको उनको भनाई रहेको छ ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझाबीच भएको एकीकरण वैकल्पिक राजनीतिलाई मुलधारको शक्तिमा उभ्याउने ऐतिहासिक कोशेढुंगा हो भन्नेमा म विश्वास गर्दछु। यो जेन–जी पुस्ताले मागेको परिवर्तनप्रतिको सम्मानसँगै नेपालको भविष्य लेख्ने युवाहरूको सामूहिक प्रतिबद्धता पनी हो।अबको राजनीति आरोप–प्रत्यारोपमा अल्झिने होइन, राष्ट्रहित, नीति र समाधान केन्द्रमा ल्याउने हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो।

हिजो २१ सांसदले स्थापित गरेको संसदिय मानकलाई अब बहुमतको शक्तिले देशको नियती बनाउने समय आएको छ। २१ ले संसदीय मानक कायम गरे, आउने निर्वाचन पछी बहुमत ले परिवर्तनको मानक कायम गर्नेछ। आशा, साहस र उत्तरदायी नेतृत्वको उद्घोष सँगै रास्वपामा विवेकशील साझालाई हार्दिक स्वागत। भन्दै लेखेकी हुन् । पछिल्लो समयमा रास्वपाले नयाँ शक्तिलाई एक गराउन लागेको छ । यहीँ सन्दर्भमा रास्वपाले विवेकशील साझा सँग एकता गरेको हो ।