Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उज्यालो नेपाल पार्टीले निर्वाचनका लागि खुला उम्मेदवारी माग्यो

उज्यालो नेपाल पार्टीले निर्वाचनका लागि खुला उम्मेदवारी माग्यो

काठमाडौँ । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संरक्षक कुलमान घिसिङ रहेको उज्यालो नेपाल पार्टीले नयाँ उम्मेदवार खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पार्टीले देशभरबाट योग्य व्यक्तिहरूलाई खुला आवेदन दिन आह्वान गर्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको हो।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीका प्रवक्ता डा. राजु थापाले मंसिर २९ गतेसम्म आवेदन दिन सकिने जानकारी दिए। उनका अनुसार, स्वच्छ छवि भएका, नेतृत्व क्षमता बोकेका र देशको उज्यालो भविष्यका लागि व्यवहारिक योजनासहित अघि बढ्नसक्ने व्यक्तिमा पार्टीको प्राथमिकता रहनेछ।

उम्मेदवारी दिन इच्छुकहरूले आफू उठ्ने निर्वाचन क्षेत्र खुला रुपमा उल्लेख गर्नुपर्नेछ। प्रवक्ता थापाका अनुसार, “उज्यालो नेपाल निर्माण गर्ने ठोस मार्गचित्र प्रस्तुत गर्न सक्ने उम्मेदवारलाई विशेष रुपमा हेरिनेछ।”

यससँगै पार्टीले आगामी निर्वाचनमा नयाँ अनुहारलाई अघि ल्याउने र वैकल्पिक राजनीतिक शक्ति बनेर उभिने संकेत स्पष्ट परेको छ।