Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्देशन उल्लंघनको आरोपमा राप्रपा सांसद कञ्चन विच्छा निलम्बित

निर्देशन उल्लंघनको आरोपमा राप्रपा सांसद कञ्चन विच्छा निलम्बित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस प्रदेश सरकारमा सहभागी भएकी प्रदेश सांसद कञ्चन विच्छालाई पार्टीको साधारण सदस्यता निलम्बन गरेको छ।

धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले विच्छाले पार्टीको नीति र निर्देशन विपरीत एमाले नेतृत्वको सरकारमा मन्त्री बनेको आरोपमा कारबाही गरिएको जानकारी दिए।

अनुशासन समितिको सिफारिसपछि गरिएको निर्णयअनुसार, विच्छालाई साधारण सदस्यबाट निलम्बन गर्ने र मन्त्री तथा सांसदको पदबाट फिर्ता बोलाउने पार्टीको आधिकारिक निर्णय छ।

कात्तिक २४ गते उनी मधेस सरकारमा सामेल भएपछि अध्यक्ष लिङ्देनले तत्कालै सरकार छोड्न आग्रह गरेका थिए, तर सो अनुरोध उनले नमानेकाले कारबाही प्रक्रिया अघि बढाइएको राप्रपाले बताएको छ।