Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कृष्णबहादुर महरा भए धरौटीमा रिहा

कृष्णबहादुर महरा भए धरौटीमा रिहा

काठमाडौं । भेपमार्फत सुन तस्करीमा दोस्रोपटक पक्राउ परेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार (मंसिर ११) उच्चका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महारामाथिको आरोप र उनको उमेर समेत विचार गरी धरौटीमा छाड्ने आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री भएका समयमा पनि पक्राउ परेका महरा साधारण तारेखमा छुटेका थिए ।

तत्कालीन गृहमन्त्री लामिछानेले उनी बिरामी रहेको भन्दै ‘राज्यको पनि करुणा हुन्छ’ भनेर बोलेको वाक्यांश चर्चित भएको थियो । ‘जेनजी’ आन्दोलनपश्चात् अन्तरिम सरकार आएपछि उनलाई पुनः पक्राउ गरिएको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश दिएको थियो । त्यसलाई बदर गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

589788497_2079293922609203_2025405843464696681_n.png

588792808_2018573075647950_5800746242614226896_n.png