Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीले भाषण गरेको भिडिओ २४ घण्टा भित्र हटाउन प्रेस काउन्सिलले काटे पत्र

ओलीले भाषण गरेको भिडिओ २४ घण्टा भित्र हटाउन प्रेस काउन्सिलले काटे पत्र

काठमाडौँ । सिमरा घटनाबारे नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भिडियो हटाउन प्रेस काउन्सिल नेपालले फेसबुक पेजलाई पत्र काटेको छ।

ओलीको भाषण प्रसारण गरेको भन्दै प्रेस काउन्सिलले ‘मेरो न्यूज डटकम’सहित केही अनलाइनहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको पत्र पठाएको हो। सिमरा घटनाबारे ओलीले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर काउन्सिलले आपत्ति जनाएको बताइएको छ।

नेकपा एमाले–निकट प्रेस चौतारी नेपालले भने पूर्वप्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई जस्ताको तस्तै प्रसारण गरेको कारण सञ्चारमाध्यमलाई कारबाही गर्ने प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको आरोप लगाएको छ। चौतारीले काउन्सिलको कदमलाई निन्दनीय बताएको छ।

काउन्सिलको पत्रमा ‘सिमरा घटनाबारे ओली’ शीर्षक दिएर उत्तेजक अभिव्यक्तिलाई स्थान दिएको सामग्री फेसबुकबाट सम्प्रेषण भएको स्वअनुगमनबाट पाइएको उल्लेख छ।

बारामा आयोजित युबा संघको कार्यक्रममा उपस्थित हुन एमाले नेता महेश बस्नेतसहितको टोली सिमरा विमानस्थल पुग्दा ‘जेनजी’ समूहका युवाहरूले उनीहरूविरुद्ध नाराबाजी गरेका थिए। नाराबाजीपछि केही एमाले कार्यकर्ताले जेनजी सदस्यमाथि आक्रमणको प्रयास गरेपछि अवस्था नियन्त्रणबाहिर गएको थियो। परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ दुई दिनसम्म निषेधाज्ञा (कफ्यु) समेत लगाउनुपरेको थियो।

उक्त दिन बस्नेतसहितका एमाले नेताहरू कार्यक्रमस्थल पुग्न नसकेका थिए भने जेनजीमाथि आक्रमण गरेको आरोपमा केही एमाले कार्यकर्ता प्रहरी नियन्त्रणमा परेका थिए।
जेनजीविरुद्ध एमाले नेतृत्व आक्रोसित बन्दै गएको अवस्थामा ओलीले पनि कठोर टिप्पणी गरेका थिए। उनले जेनजीको नाममा केही समूहले एमालेका कार्यक्रमहरू बिथोल्न खोजेको आरोप समेत लगाएका थिए।

यही घटनालाई लिएर हाल जेनजी समूह एमाले नेताहरू—विशेषगरी महेश बस्नेत र ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्। जेनजी समूहले एमालेका विभिन्न कार्यक्रममा बिरोध प्रदर्शन गर्न थालेपछि नेताहरूबीच तनाब बढेको बताइन्छ।

ओलीले दिएको अभिव्यक्तिलाई तोडमोड गरी पोस्ट गरेको आरोपसमेत चलेको छ। काउन्सिलले ओलीको अभिव्यक्तिमध्ये एक अंशलाई ‘उत्तेजक सामग्री’ ठहर गर्दै त्यस्तो सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरिएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो।

काउन्सिलका अनुगमन अधिकृत सन्तोष अधिकारीद्वारा जारी पत्रमा ‘मेरो न्यूज डटकम’द्वारा सञ्चालित फेसबुक पेज तथा रीलमार्फत उत्तेजना फैलाउने सामग्री प्रसारण भएको स्वअनुगमनबाट देखिएको उल्लेख छ।

काउन्सिलले पत्रकार र सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने दायित्व निभाउनुपर्ने भन्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने, हिंसा वा वैमनस्यता बढाउने सामग्री पत्रकार आचारसंहिता विपरीत हुने चेतावनी दिएको छ। साथै, कुनै पनि परिस्थितिमा यस्ता सामग्रीलाई स्थान नदिन काउन्सिलले निर्देशन जारी गरेको छ।

press.jpg
undefined