Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहलाई विकिपिडियाले बनायो राष्ट्रिय स्वतन्त्र पार्टीको नेता

बालेन शाहलाई विकिपिडियाले बनायो राष्ट्रिय स्वतन्त्र पार्टीको नेता

काठमाडौँ । बालेन शाहलाई बनायो विकिपिडियालाई राष्ट्रिय स्वतन्त्र पार्टीको नेता । आज हामीले बालेन शाहको विकिपिडिया हेर्दै जादा उनको अंग्रेजी विकिपिडियामा पोलिटकल पार्टी क्याटागोरिमा राष्ट्रिय स्वतन्त्र पार्टी लेखिएको गम्भिर त्रृटि भेटायौं । तर उनको नेपालीमा रहेको विकिपिडयामा भने पार्टीको क्याटागोरिमा राजनितिक दलमा स्वतन्त्र मात्र लेखिएको छ । बालेन शाहको बारेमा हेर्दै जादा अंगेजी विकिपिडियामा राष्ट्रिय स्वतन्त्र पार्टीको लिंक राखिएको छ ।

यस  त्रृटिले विकिपिडिया पाठकहरुलाई भने भ्रममा पार्ने देखिएको छ। यस खालको गम्भिर त्रृटिलाई तुरुन्तै सच्याउनुपर्ने देखिएको छ। बिश्वभरमा मान्छेहरुले पढ्ने विकिपिडियामा मेयर बालेन शाहको बारेमा लेखिएको गलत पार्टिको प्रयोगले अन्यौलमा राखेको छ । स्वन्तत्र उम्मेदवारीबाट काठमाण्डौ महानगरको पदमा मेयरमा बिजयी भएका मेयर अहिले सम्म कुनै पार्टीमा प्रवेश गरेका छैनन ।तर अंग्रेजी विकिपिडियामा भने रास्वपाको नेताको रुपमा उल्लेख गरिएको छ ।

यसबारे सायद बालेनलाई पनि थाहा नभए्र होला उनले आवाज उठाएको देखिदैन । उनी सामाजिक सञ्जालमा चासो राख्ने र स्टाटस बेलाबेला लेखिरहने मेयर हुन तर आफनो बारेमा गुगल विकिपिडया रहेको त्रृटिलाई भने भेटाएका छैनन। त्यसैले गर्दा सच्याईएको देखिदैन । विकिपिडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। विकिपिडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडियाबाट भएको हो।

प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन्। तपाईले लेख्नुभएका कुराहरू तपाईकै सम्पति रहन्छन र प्रतिलिपिछुट अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार । हामीले कसैको बारेमा खोज्न जादा विकिपिडयाको साहारा लिन्छौ । जहा हामीले खोजेको ब्यक्तिहरुको बारेमा लेखिएको हुन्छ । बिशेगरि देशका प्रतिष्ठित ब्यक्ति नेता ,कलाकार ,पत्रकार ,डाक्टर लगाएको पृष्ठूभूमि लेखिएको छ। उनीहरुको नाम,आमाबुबाको नाम, जन्मेको साल स्थान ,स्कुले जिवनको सुरुवात, जिवनमा पाएका सफलता ,संघर्ष लगाएतका बिषयबस्तुहरु लेखिएको हुन्छ ।

नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको हो। नेपाली विकिमा लाखौ प्रयोगकर्ताहरू दर्ता भएका छन् जसमध्ये सक्रिय प्रयोगकर्ताहरू हजारौ सक्रिय रहन्छन्। अहिले नेपाली विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पृष्ठहरू उपलब्ध छन्। जस्तै नेपाल(नेवारी) भाषा, भोजपुरी भाषा, मैथली भाषा पाली भाषा, डोटेली भाषा। विकिपिडिया लगायत विभिन्न विकी परियोजनाहरूलाई प्रवद्र्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडिया फाउन्डेसन नामको संस्था कार्यरत रहेको पनि पाईएको छ।