Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको मुद्दामा आज सुनुवाई

रवि लामिछानेको मुद्दामा आज सुनुवाई

काठमाडौँ । गत हप्ता सुनुवाइ स्थगित भएको रवि लामिछानेको मुद्दामा आज सुनुवाई हुने भएको छ । साथमा तत्कालीन गोर्खा मिडियाका  सञ्चालक छविलाल जोशीको पनि मुद्दामा सुनुवाइका लागि पेसी आज तोकिएको छ। सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका  सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि पेसी आज तोकिएको हो ।

गत हप्ता रवि पक्षका कानुनी व्यावासायीहरुले निवेदन दिएर सुनुवाइ स्थगित गरेका थिए। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले यस मुद्दाको आज पेसी तोकिएको बताएका छन ।

हाल रवि काठमाडौं र जोशी भैरहवा कारागारमा रहेका छन् । पटकपटक स्थगित र बिभिन्न कारण देखाउदै सकिएको सुनुवाईमा आज भने फैसला आउने कुरामा रास्वपाका समर्थक र रबि लामिछानेका समर्थक र कार्यकताहरु बिश्वस्त रहेका छन ।