Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विवेकशील साझा रास्वपामा विलय हुँदैन, कुलमान र बालेनलाई पनि समेट्ने तयारी

विवेकशील साझा रास्वपामा विलय हुँदैन, कुलमान र बालेनलाई पनि समेट्ने तयारी

काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरण गर्ने निर्णय गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको हो।

आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ।  एकताका बाँकी विषय पछि टुंगो लगाइने विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले बताए। 

रास्वपाको नीति र नेतृत्व स्वीकार गरी एकताको निर्णय गरिएको सो दलले जनाएको छ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र कुलमान घिसिङसँग पनि सहकार्य गरेर निर्वाचनमा होमिने नीति लिएको छ । सोही नीति अनुरुप रास्वपाका पदाधिकारीले विभिन्न चरणमा सम्बन्धित व्यक्तिहरूसँग संवाद गरेको दाबी गरेको छ ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने, “हामीले विभिन्न चरणमा संवाद गरेका छौँ । सबै पक्षलाई समेटेर हामी अगाडि बढ्न चाहन्छौँ । सकेसम्म सबैलाई सँगै लैजाने हो ।”

उनले चुनावका लागि सबैलाई समेटेर लैजाने नीति लिए पनि चुनाव चिह्न भने घण्टी नै रहने बताए । “हामीसँग आउनेले घण्टीबाटै चुनाव लड्नु हुनेछ । अन्य चुनाव चिह्नबाट पनि लड्ने छुट त हुन्छ । हामी अन्य १०-१२ वटा समूहसँग छलफलमा छौँ,” उनले भने ।

सबै वैकल्पिक शक्तिलाई मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन रास्वपाले आह्वान गरेको छ ।